वर्तमान अवस्था

         नेपालको संबिधान अनुसार तीन तहको संघीय संरचनाहरु गठन भए संगै नेपालमा लामो समयदेखि रही आएको राजनैतिक संक्रमणकाल अन्त भै मुलुक आर्थिक तथा सामाजिक समृद्धि तर्फ उन्मुख रहेको बर्तमान परिप्रेक्षमा संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको आर्थिक समुन्नती र समृद्ध नेपाल निर्माण गर्ने तथा खाद्य सम्प्रभुत्ताको मौलिक हकहरूको प्रत्याभुती गर्न प्रतिष्पर्धी, व्यवसायिक र दिगो कृषि मार्फत उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्नु जरुरी छ I

सरकारी, सहकारी तथा निजी साझेदारीमा उपलब्ध उर्वर जमिन, अपार जलश्रोत, वन, भौगोलिक तथा जैविक विविधताको बैज्ञानिक उपयोग एवं संरक्षण मार्फत प्रदेश नं. ३ को आर्थिक तथा सामाजिक समृद्धी हाँसिल गर्ने प्रशस्त सम्भावना छ I कुनै पनि देशमा बिरलै हुने १५ देखि ५९ बर्षको आर्थिक रुपले सक्रिय वा कमाउन सक्ने  जनसंख्या करिब ५८% र १५ देखि ४० बर्ष उमेरको जनसंख्या ३९% रहेको यस प्रदेशमा तीन-चार दशकसम्म कायम रहने जनासांखिक लाभांश (Population Dividend) को अवसर उपलब्ध छ I